Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Untitled Document
Literature Menu
 Poem
 Essay
 Story
 Short Story Story
 Othersicles
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassy Europe
 Interview
 About Us
 Associations Europe
 
हाम्रो संस्कृति
विष्णु कुमारी गुरुङ
    









"हाम्रो संस्कृति हाम्रो मान, सबै मिली गरौ यस्को
सम्मान"

"हाम्रो संस्कृति हाम्रो पहिचान
यो हो हाम्रो राष्ट्रियताको निशान
गरौ यस्को सबमिली संरक्षण "

आफनो पर्ुखाले बर्षौदेखि मान्दै आएको, गर्दै आएको
सामाजिक कृयाकलाप र परिवेशनै संस्कृतिको पहिचान
हो । हरेक मानिस एउटा संस्कृतिको परिवेशमा
हर्ुकन्छ, आखिर यहिनै उस्को पहिचान पनि हो । नेपाल
सानो देश भएरपनि हजारौ संस्कृतिको धनी देश हो । यो
हामी नेपलीले आफैमा गर्व गर्नसक्ने कुरा हो तर यसलाई
विश्वसामु चिनाउन नसक्नु हाम्रो कमजोरी हो, त्यसो
भएमा यसले अवस्य केहि र्दुभाग्य निम्ताउछ यो सारै
दुख्ा लाग्दो कुरा हो ।
तमु ल्होछारको सर्ंदर्भमा हाम्रो समाजडट नेटका संस्थापक
तथा प्रधान सम्पादक धु्रव थापाले गरेको योगदान र
ल्होछार कार्यक्रमलाई अमेरिकन क्रोनिकल देखि विभिन्न
अनलाईन तथा प्रिन्ट मिडियाहरुमा लेख प्रकासन गरेर
उत्तरी क्यालिफोर्नियाको तमु समाजलाई चिनाउन जुन
सहयोग गरेको छ त्यस्ले हामीसबैलाई हौशला प्रदान गरेको
यहाँहरु समक्ष राख्न चाहन्छु, । त्यसैगरि मनी नेपाली र
शेखर ढुंगेलद्धारा प्रकाशित अंग्रेजी र नेपाली लेख रचनाहरुले
अझ सुनमा शुगन्ध थपेको छ । वहाँहरुको लेखमा गुरुंग
जातिको संस्कृति, भाषा,चाड पर्व तथा ऐतिहासिक
कार्यहरुको उल्लेख गरिएको छ, जुन लेख रचनाहरुले
मेरोपनि आत्माबल बडेको अनुभुति भएको छ ।
त्यस्तै विश्व भरि छरिएर बसेका कैयो साथीहरुब्ााट
आफनो संस्कृतिको संरक्षण गर्ने प्रयासलाई प्रशंसा गरेको
पाए, साथै विगतका ल्होसार कार्यक्रमहरुमापनि धेरै
स्थानिय साथीहरुको सहयोग र उपश्थितिले होस्टे मा
हैसेपाएर हाम्रौ हौशला र साहस बढेको छ भन्दा केहि
अतियुक्ति नहोला ।
हामी नेपाली स्वभावलेनै प्रकृति प्रेमि, सहयोगी, रमाईलो
गर्ने, आफनोपनमा रमाउने र संस्कृति प्रेमीपनि हौ भन्ने
कुराको यो ज्वलन्त उदाहरणपनि हो ।
कुनै पनि कुराको शुरुवात त्यस्को विउ रोपेर मात्र हुन्छ
अनि त्यस्लाई हर्ुकाउन कति लामो समयसम्म रेखदेख
गर्नुपर्छ,। आफनो पर्ुखाले हर्ुकाईदिएर फल खान
हामीलाई दिएको यो हाम्रो धरोहरलाई हामीले संरक्षण गर्न
नसकेमा आउदो दिनहरुमा हाम्र्र्रै संन्तानले धिक्कार्ने छ र
पर्ुखाले सराप्ने छ । हामीले आफनो अश्तित्व गुमाए यो
कदापि मागेर वा किनेर पाईनेछैन, यसैले हामीले आफनो
संस्कृति विश्वको कुनैपनि कुनामा बसेतापनि भुल्नु हुदैन र
यस्को जर्गेना गर्ने कार्यमा तपाई हामी सब एक भएर
लाग्नुपर्ने छ । यहिनै हाम्रो बुद्धिमानी हो र यहिनै हाम्रो
अश्तित्वको संरक्षणहो, किनकी हामी विविध भाषा,
संस्कृति र सम्पदाले धनी नेपाली हौ र हामी सबैलाई
नेपालीहुनुमा गर्व हुनुपर्नेछ । नेपालको कुनैपनि संस्कृति
नेपाल आमाको गहनाहो यो अनमोल सम्पदाको संरक्षणको
दायित्व तपाई हाम्रो काँदमा छ र यो हामीले एकजुट भएर
फुटेर हैन जुटेर आफनो धर्म निर्वाह गनर्ुपर्छ ।

तमु भेषभुषामा सजिएर यहि आउदो ल्होसार पर्वमा
सालैजु, सोरठी,घाट, कौडा जस्ता पौरानिक र सास्कृतिक
गुरुंग नृत्यहरु विदेशमै बसेर भएपनि आफनो अगाडी
हर्ेन पाउनु यो हामी सबै नेपलीको सौभाग्य हैन र -
अनि यसपालाको ल्होसारमा उत्तरी क्यालिफोर्निया तमु
समाजले केहि यस्ता ब्यक्तिहरुलाई सम्मान गर्दै छ जो
विदेशी भुमिमापनि नेपाली समाजलाई अविश्मरणीय
योगदान पर्ुयाउनु भएको छ । साथै यस बर्षो ल्होसार
कार्यक्रमबाट संकलन भएको २० प्रतिशत रकम नेपालको
अनाथ बाल बालिकाहरुलाई प्रदानगरिने जानकारी यहाँहरुलाई
राख्न चाहन्छौ । त्यसैले सबैको सहयोग र योगदानको
अपेक्षा राख्दै आउदो तमु ल्होसारको उपलक्ष्यमा यहाँहरुलाई
अग्रिम शुभकामना दिदै ल्होसार साँझमा यहाँहरुलाई तमु
समाजको तर्फाट हार्दिक स्वागत गर्न चाहन्छु ।
आउनुहोस सबै मिली संस्कृतिक वातावारणमा रमाइलो
गरौ, समाजमा योगदान पुयाउने व्यक्तिहरुको सम्मान
गरौ, साथै नेपाल आमा र नेपाल आमाको काखमा
हर्ुकदै गरेका अनाथ बाल बालिकाहरुलाई , असायहरुलाई
विदेशमै बसेर भएपनि माया र सहयोग गरौ ।

सबै मिली एक स्वरमा भनौ "हाम्रो संस्कृति हाम्रो मान,
सबै मिली गरौ यस्को सम्मान" ।

»»« क्यालिफोर्निया, अमेरिका ।
          

  
          Email this Article         Viewers Comment          Print the Article

 

 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya