Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
 
एनआरएन आईसीसीको बैठकद्वारा बिबिध निर्णय
यूरोनेपाल अनलाईन प्रतिनिधि
ब्रसेल्स बेल्जियम, डिसेम्बर २२।

गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नियमित बैठक १३ र २० डिसेम्बर २००९ का दिन सम्पन्न भएको छ ।

एनआरएन आईसीसी केन्द्रीय अध्यक्ष देवमान हिराचनको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, संरक्षक भिम उदास लगायत केन्द्रीय समितिका उपाध्यक्ष जीवा लामिछाने, सागर नेपाल, महासचिव रतन झा, सचिव तेन्जि शेर्पा, कोषाध्यक्ष रामेश्वर शाह, प्रवक्ता डा.कुमार बस्नेत र क्षेत्रीय संयोजकहरु, उपसंयोजकहरु, केन्द्रीय सदस्यहरुले विश्बभरबाट टेलिकन्फ्रेन्सको माध्यमद्वारा बैठकमा भाग लिएका थिए ।

बैठकपछि केन्द्रीय समितिका प्रवक्ता डा. कुमार बस्नेतले जारी गर्नुभएको प्रेस अवक्तव्य यस प्रकार रहेको छ-

गैरआवासिय नेपाली संघ (एनआरएनए) को नियमित बैठक संघको अध्यक्ष देवमान हिराचनको अध्यक्षतामा १३ र २० डिसेम्बर २००९ मा सम्पन्न भएको छ । संघका महासचिव रतन झाले टेलिकन्फ्रेन्सको माध्यमद्वारा संचालन गर्नु भएको उक्त बैठकको निर्णयहरुको संक्षिप्त जानकारी तल दिएको छ ।
१- गैरआवासिय नेपाली संघ केन्द्रीय समितिले संघका निवर्तमान अध्यक्ष डा. उपेन्द्र महतोलाई प्रमुख संरक्षकमा बसिदिन गरेको विशेष अनुरोधलाई डा. महतोले स्विकार गर्नु भएकोमा बैठकले उहाँको निर्णयको स्वागत गरेको छ ।
२- गैरआवासिय नेपाली संघको सल्लाकारमा डा. कुल चन्द्र गौतम (अमेरिका, नेपाल) , डा. सूर्य सुवेदी (बेलायत) , सारदा जंग थापा (अमेरिका) , बिश्व कान्त मैनाली (नेपाल) , ईन्दिरा वन (अस्ट्रेलिया) , डा. देव काजि डंगोल (कतार) र डा. जुगल भूर्तेल (रुस) लाई मनोनयन गरिएको छ ।
३- गैरआवासिय नेपाली संघको केन्द्रीय सदस्यमा मध्यपूर्वबाट आशिष शेरचन (कतार), यास्मिन बेगम (साउदी अरब), उत्तर अमेरिकाबाट सोनम लामा (अमेरिका), राधा बस्न्यात (क्याण्डा), ओसेनियाबाट डा. कृष्ण हमाल (अस्ट्रेलिया), राजु शाक्य (अस्ट्रेलिया), युरोपबाट सापिला राजभण्डारी (रुस), डा. हेम राज शर्मा (बेलायत) र एसिया प्रशान्तबाट डा. देबी बस्नेत (कोरिया), जे.एन. ज्ञवाली (हंगकंग) लाई मनोनयन गरिएको छ । त्यस्तै गरी, गैरआवासिय नेपाली संघको युवा संयोजकमा भवानी वली (अस्ट्रेलिया) र उपसंयोजकमा पुकार मल्ल (अमेरिका) लाई मनोनयन गरिएको छ ।
४- बैठकले "चौथो गैरआवासिय नेपाली क्षेत्रिय सम्मेलन" २८-३० मे २०१० मा अमेरिकाको, टेक्सास राज्यको हुस्टनमा सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनको संयोजन महासचिव रतन झाले गर्ने निर्णय गरिएको छ ।
५- गैरआवासिय नेपाली चौथो विश्व सम्मेलनको काठमाडौँ घोषणा पत्रलाई मध्यनजर राख्दै र संघको आवश्यकतालाई ध्यानमा राखि यस बैठकले बिभिन्न कार्यदलको गठन गरी ती कार्यदलका संयोजक तोकेको छ ।
१) दोहोरो नागरिकता, संयोजक : राम प्रताप थापा (संरक्षक)
२) अन्तर्राष्ट्रिय स्तरमा एनएनएन प्रवर्द्धन, संयोजक : भिम उदास (संरक्षक)
३) गैरआवासिय नेपाली संघको दर्ता, गैरआवासिय नेपाली ऐन, नेपालमा लगानी
(१०० मिलियन नेपाल लगानी कोष), संयोजक : देबमान हिराचन (अध्यक्ष)
४) एनआरएन कल्याणकारी परियोजना, संयोजक : जीवा लामिछाने (उपाध्यक्ष)
५) बैदेशिक रोजगार, संयोजक : सागर नेपाल (उपाध्यक्ष)
६) ईन्सटिटिउसन्लाइजेसन, रुल्स, एडमिनिसट्रेसन, संयोजक : रतन झा (महासचिव)
७) नेपाल प्रवर्द्धन, संयोजक : तेन्जि शेर्पा (सचिव)
८) एनआरएनए सस्टेनाबिलिटी, संयोजक : रामेश्वर शाह (कोषाध्यक्ष)
९) सूचना तथा संचार, संयोजक : डा. कुमार बस्नेत (प्रवक्ता)
१०) नलेज, स्किल, संयोजक : डा. राजु अधिकारी (केन्द्रीय सदस्य)
११) बिदेशमा नेपाली सामान प्रवर्द्धन, संयोजक : डा. बद्री केसि (केन्द्रीय सदस्य)
१२) विधान समिति, संयोजक : गणेश इजम (एशिया प्रशान्त संयोजक)

६- ११ डिसेम्बर २००९ का दिन विश्व जलवायु परिवर्तन सम्मेलनको अवसरमा सम्पन्न सगरमाथा आरोही र् यालीमा उपाध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गैरआवासीय नेपाली संघले सफलतापूर्क सहभागी भएकोमा बैठकले सहभागिहरुलाई धन्यबाद दिएको छ । साथै बैठकले यस कार्यक्रममा सहभागी हुन नेपाल सरकारले गैरआवासीय संघलाई औपचारिक निमन्त्रणा दिएको कुराको प्रशंसा गर्दै नेपाल सरकारलाई धन्यवाद दिएको छ ।
आगामी नेपालको संबिधानमा दोहोरो नागरिकता समाबेश गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्न गैरआवासीय नेपाली संघले प्रत्येक देशको नेपाली राजदूतावासमा ३१ डिसेम्बर २००९ सम्ममा ज्ञापन पत्र हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।
    

  Email this News          Viewers Comment

 
 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya